Are you an artist? Make the most of your lyrics with Musixmatch Pro!
Verified by Musixmatch
0 contributions
over 1 year ago
Translations
Nepali-romaji

Lyrics of Hamri Aama by Hari Bangsa Aacharya

chorus

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे २० लाख

pre-chorus

२० लाखले २० महिना मोज गर्यो
बिहे, पास्नी, बर्तमन भोज गर्यो
२० लाखले २० महिना मोज गर्यो
बिहे, पास्नी, बर्तमन भोज गर्यो

chorus

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्

verse

हाम्रो बाजे काठमाडौँ बासिन्दा
सय मुरी धान भर्थे सालिन्दा
हजुरमाले चाँदी मोरु गनेर
जोड्दिन् जमीन सन्तानलाई भनेर

pre-chorus

हजुरबाउको त्यो बिघ्न सम्पत्ति
बाउले बेच्दिए, नातिको यो गति
हजुरबाउको त्यो बिघ्न सम्पत्ति
बाउले बेच्दिए, नातिको यो गति

chorus

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्

verse

माइलाबाले नाम फेरे Michael
जग्गा बेची motorcycle
Michael आमा परिछन् खानदानी
खर्च धेरै, केही छैन आम्दानी

pre-chorus

Hong Kong घुम्छन् दुईजना दम्पती
बेचीबेची पुर्खौली सम्पत्ति
Hong Kong घुम्छन् दुईजना दम्पती
बेचीबेची पुर्खौली सम्पत्ति

chorus

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्

verse

मचाहिँ बीचको, कान्छाबा जेठा छन्
२४ वर्षे अल्लारे केटा छन्
बिहानैदेखि नशाको खोजीमा
जग्गा बेच्या पैसा छ गोजीमा

pre-chorus

मुख फुल्यो सिसीको whiskey ले
पैसा जति खाइदिए बोक्सीले
मुख फुल्यो सिसीको whiskey ले
पैसा जति खाइदिए बोक्सीले

chorus

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्

verse

५२ घुस्सा, ५३ ठक्कर
मैले पनि खुब पाछु हन्डर
काम खोज्दा देखिन स्वदेशमा
रिन काटेँ जानलाई विदेशमा

pre-chorus

Passport मा जाली छाप लाइदियो
१ लाख रुपियाँ बेइमानले खाइदियो
Passport मा जाली छाप लाइदियो
१ लाख रुपियाँ बेइमानले खाइदियो

chorus

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे २० लाख

outro

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे २० लाख
हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो...
Writer(s): Hari Bangsa Aacharya, Hari Bans Aacharya

Contribute

To-do

Performers Tag
Identify who's singing what

Completed

Lyrics
Verified by Musixmatch
Structure Tag
Identify the song's sections

Credits

This song has no credits yet
Contributions
There was a problem while loading the contributions. Do you want to give it another try?
Reload contributions
Are you an artist? Distribute your lyrics!
Take full control of your lyrics. Curate, sync, and distribute your lyrics on Spotify, Apple Music, and more.
Explore Musixmatch Pro